बजेट लोकप्रिय भयो, उत्साहजनक भएन : गगन थापा

 जेठ १५, २०७५ मंगलबार २०:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको आर्थिक वर्ष २०७५–७६ को बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ ।

बजेट भाषणपछि बोल्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले बलियो सरकारले ल्याएको बजेटले आफूलाई उत्साहित नबनाएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले डरको माझबाट बजेट आएको अनुभूति भएको पनि बताउनुभयो । 

निर्वाचन क्षेत्रका लागि छुटट्याएको बजेट डरको बीचबाट आएको नेता थापाको दावी छ । उहाँले यति ठूलो बहुमत सहितको सरकारले सामान्य र लोकप्रिय बजेट ल्याउन नहुने तर्क पनि दिनुभयो ।

केपी ओली नेतृत्वको सरकारले ठूलो उत्साह भर्ने गरी बजेट ल्याउने सबैको अपेक्षा रहेपनि सो अनुसार आउन नसकेको नेता थापाको भनाई थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया