सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो पार्कर

 साउन २७, २०७५ आइतबार १५:२३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।

पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट छुटेको बीबीसीले जनाएको छ । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो ।

उहाँ अहिले ९१ वर्षको हुनुभएको र उहाँले नै सौर्य आँधीको बारेमा सन् १९५८ मा व्याख्या गर्नुभएको हो । त्यो प्रोब स्थानीय ३ः३१ बजे प्रक्षपण भएको हो ।

१ दशमलव ४ बिलियन डलरमा निर्माण गरिएको त्यो अन्तरिक्षयान झण्डै ६।४ मिलियन किलोमिटर टाढा पुग्ने अनुमान गरिएको छ । अत्याधिक तातो तारा नजिकै गएर त्यो अन्तरिक्ष यानले त्यहाँको वातावरण, सौर्य आँधी तथा अन्य बस्तुको अध्ययन गर्ने बताइएको छ ।

त्यो अन्तरिक्ष यान अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको हो । त्यो अन्तरिक्षयान अगष्ट ११ अर्थात शनिबार प्रक्षेपण गर्ने भने पनि मौसममा आएको खराबीका करण आइतबारका प्रक्षपण गरिएको हो ।

उक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको केही महिनामा त्यहाँ पुग्ने बताइएको छ । पार्कर सोलार प्रोब नामको त्यो अन्तरिक्षयानलाई रकेटले शुक्र ग्रहतिर फाल्ने र त्यो यान सूर्यको नजिक गएर त्यहाँको अध्ययन गर्ने नासाका वैज्ञानिकहरुले बताएका छन् ।

याे पनि पढ्नुहाेस :

साैर्य प्रणालीकाे अध्ययन गर्न यसै हप्ता नासाले पठाउँदै अन्तरिक्ष यान

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया