धर्मेन्द्रले छाेडेकाे फिल्म जञ्जीरबाट कहिल्यै पछाडि फर्कनु नपर्ने स्टारडम पाए अमिताभले

 साउन २७, २०७५ आइतबार १६:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा हि–म्यानका नामले चिनिने अभिनेता धर्मेन्द्र अहिले फिल्म ‘यमला पग्ला दिवाना फिर से’ को प्रचारप्रसारको क्रममा छन् ।

फिल्ममा उनका दुवै छोराहरु सनी देवल र बबी देवल समेतको अभिनय रहेको छ । 

प्रचारप्रसारकै क्रममा हालै भारतीय चर्चित टेलिभिजन शो ‘आप कि अदालत’मा प्रस्तोता रजत शर्मा सामुन्ने धर्मेन्द्रले आफ्ना जिवनका केही महत्वपूर्ण कुराहरु सार्वजनिक गरे । जस्मा फिल्म ‘जञ्जीर’ सँग जोडिएका केही रोचक तथ्यहरु पनि छन ।

१९७३ मा रिलिज भएको ‘जञ्जीर’तेही फिल्म हो जसमार्फत भारतीय सिनेमामा राता रात एक नयाँ सुपरस्टारका रुपमा अमिताभ बच्चनको उदय भएको थियो । 

धर्मेन्द्रले फिल्म बन्नुअगाडिका केही वास्तविकताहरु रजत शर्मासँग साटेका थिए । जस अनुसार प्रकाश मेहराको फिल्म ‘जञ्जीर’का लागि पहिलो रोजाई अमिताभ बच्चन नभै धर्मेन्द्र थिए । 

धमेन्द्र फिल्मका लागि राजी पनि थिए तर फिल्म सुटिङ्ग हुन केही समय अगाडि धमेन्द्रका भाई र चलचित्रका निर्देशकबीच झगडा हुन गयो जसका कारण धर्मेन्द्रले फिल्म ‘जञ्जीर’ बाट हात झिके र त्यसपछि पनि अमिताभका बारेमा निर्देशकले सोचेकै थिएनन् ।

धर्मेन्द्रले फिल्म छाडेपछि फिल्मका निर्देशक प्रकाश मेहराले त्यस फिल्मका लागि भारतका पहिलो वर्गका सबै सुपरस्टारहरु दिलिप कुमार, राजकुमार, देवानन्द र राजेश खन्नासमेत लाई फिल्मका लागि प्रस्ताव गरे तर । 

ती मध्ये कसैले पनि फिल्म गर्न नमानेपछि अन्ततः अमिताभ बच्चनलाई फिल्म अफर गरियो र सो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो । 

यतिमात्र नभै अमिताभ बच्चन बलिउडमा ‘एंग्री योङ्ग म्यान’का रुपमा समेत स्थापित भए । अझ रोचक त के छ भने फिल्म अमिताभलाई अफर हुनुअगाडि फिल्ममा मुख्य अभिनेत्री मुमताज थिईन । 

तर अभिनेता परिर्वतन गरिएसँगै फिल्मकी अभिनेत्री पनि परिर्वतन गरियो र मुमताजको ठाउँमा जया भादुडीलाई कास्ट गराईयो ।

पछि तिनै जया भादुडी अमिताभ बच्चनकी जीवनसँगिनी बनिन् । फिल्म ‘जञ्जीर’ रिलिज हुनुअघि अमिताभका १२ वटा फिल्महरु लगातार फ्लप भएका थिए ।

यसबाट उनी फिल्ममा सोचेजस्तो करियर नभैरहेको कारण निकै उदास थिए ।

त्यही कारणले गर्दा उनी विचलित मन लिएर फिल्म लाइन र मुम्बई नैै छाडेर जान रेल वे स्टेशनमा रहेको बेला निर्देशकले मान्छे पठाएर उनलाई लिन पठाएका थिए भनिन्छ ।

त्यसदिन रेल चढ्न नपाएका अमिताभ ‘जञ्जीर’ पछि स्टारडमको यस्तो रेल चढे कि त्यसपछि कहिल्यै ओर्लिनुपरेन ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया