सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि क्वालालम्पुरले जितेको छ ।
अाइतबार भएको फाइनलमा युनिभर्सिटी किवानसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले उपाधि जितेको हो ।
युनिभर्सिटीले दिएको १०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
क्वालम्पुरको जितमा अहमद फहिजले नट आउट ४५ रन जोडे । ७४ बल खेलेका पहिजले ६ चौका प्रहार गरेका थिए ।
यसैगरी नेपालका ब्याट्सम्यान आशिफ शेखले नट आउट ३३ रन जोडे । ४१ बल खेलेका आशिफले ६ चौका प्रहार गरे । अर्का नेपाली ब्याट्सम्यान सागर पुन भने १० रनमै आउट भए ।
पछिल्ला २ खेलमा शतकीय पारी खेलेको सागरले आज भने ११ बल खेल्दा २ वटामात्र चौका प्रहार गर्न सफल भए । उनी नजरिल रहमानको बलमा आउट भएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको युनिभर्सिटी क्लब २६ ओभरमा अल आउट भएको थियो ।
युनिभर्सिटीका लागि इमामुयल मुस्तकिमले सर्वाधिक २८ रन जोडेका थिए । क्वाललम्पुरका नेभिल लेङ्गेले सर्वाधिक ४ विकेट लिएका थिए ।
उपाधि बिजेता क्वालालम्पुुरले ९ हजार रिंगिट प्राप्त गर्याे भने उपविजेता युनिभर्सिटीले ४ हजार रिंगिट प्राप्त गर्याे ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा भने सागर पुन अघि रहे । उनले प्रतियोगिता अवधिभर ४५२ रन बनाउँदै महत्वपूर्ण ९ विकेट पनि हासिल गरेका थिए ।
उत्कृष्ट ब्याट्सम्यानको रुपमा सागरले ७ सय रिंगिट प्राप्त गर्न सफल भए ।