इंग्लिस प्रिमियर लिग: लिभरपुलले वेस्टह्यामलाई ४–० ले पाखा लगायाे

 साउन २८, २०७५ सोमबार ६:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

अाइतबार राति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ४–० को फराकिलो अन्तले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो मानेले २ गोल गर्दा मोहमद सलाह र डेनियल स्टरिजले एक एक गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा मोहमद सलाहले सुरुआती गोल गरेका थिए । उनले एन्ड्रयू रोबर्टसनको पासमा गोल गरेका हुन् ।

यसैगरी पहिलो हाफको अतिरिक्त समयमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारे । मानेले जेम्स मिल्नरको पासमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता बनाए ।

यसैगरी मानेले नै ५३ औं मिनेटमा रोबर्टो फरमिनोको पासमा गोल गर्दै ३–० को अवस्थामा पुर्‍याएका थिए । मोहमद सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका डेनियल स्टरिजले टिमकालागि ८८औै मिनेटमा चौथो गोल गरेका थिए ।

अाइतबार नै साउथह्याम्पटन र बर्नबीच भएको अर्को खेल भने गोल रहित बराबरीमा रोकिएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया