ब्राजिलले विश्वकप जित्छ भनेर भन्न सक्दिन : कप्तान सिल्भा

 जेठ १६, २०७५ बुधबार ७:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १६ – ब्रजिलियन राष्ट्रिय फुटबल टिमका कप्तान थिएगो सिल्भाले विश्वकप जित्ने बाचा गर्न नसक्ने बताएका छन् ।

फिफा विश्वकप आउन दुई साताको समय बाँकि हुँदा ब्रजिलियन टिम स्टार खेलाडी नेयमारसहित लण्डनमा प्रशिक्षण गरिरहेको छ । पहिलो पटक विश्वकपमा ब्रजिलको कप्तानी गरिहरेका सिल्भाले आफ्नो टिम निकै राम्रो रहेको भए पनि विश्वकप नै जित्छौँ भनेर बाचा गर्न नसक्ने बताए । तर आफ्नो टिमले राम्रो फुटबल खेलेर अगाडि जानेमा दुई मत नरहेको उनले बताए ।

३३ वर्षीय डिफेन्डर सिल्भाले नेयमार अझै पनि पूर्ण रुपमा फिट नभएको तर उनी देशका लागि खेल्न तयार रहेको बताए । सिल्भाले नेयमारको फिटनेसका कारण चिन्ता भएपनि आशावादी रहेको बताए । यसपटकको ब्रजिलियन टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । विश्व फुटबलमा सर्वाधिक सफल टिम ब्रजिल २०१४ को विश्वकपमा जर्मनीसँग सात एकले हार्दै सेमिफाइनलबाट बाहिरिएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया