लियोनल मेस्सीले बार्सिलाेनाका लागि दिलाए ३३ अाैं स्पेनिस सुपर कप फुटबलको उपाधि

 साउन २८, २०७५ सोमबार १०:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

गोलरक्षक मार्को टर स्टेगेनले अन्तिम मिनेटमा पेनाल्टी बचाउ गरेपछि सेभियालाई २-१ गोलले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

मोरक्कोको टानजियारमा खेलाइएको खेलमा पाब्लो सारावियाको गोल भिडियो असिस्टेन्ट रेफ्री भारले मान्यता दिएपछि सेभियाले अग्रता लिएको थियो । खेलको नवौं मिनेटमा भएको त्यस गोललार्इ रेफ्रीले अफसाइड देखाए पनि भारले मान्यता दिएको हो ।

खेलको ४२औं मिनेटमा नजिकैबाट गोल गरी पहिलो हाफमा खेल बराबरीमा ल्याए ।

फ्रान्सेली विश्वविजेता टोलीका सदस्य ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि पहिलो पटक ठूला खेलमा निर्णायक गोल गरे । ७८औं मिनेटमा मेस्सीको पासमा उनले गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता लियो ।

खेलको अन्तिम मिनेटमा गोलरक्षक स्टेगेनले बार्सिलोनाबाट यसै सिजन सेभिया गएका एलेक्स भिडाललाई फल गरेपछि पाएको पेनाल्टीमा विसाम बेल येडारको कमजोर प्रहार स्टेगेनले बिफल पारिदिएका थिए ।

बार्सिलोनाले पछिल्लो १० मध्ये ९ पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ । योसँगै बार्सिलोनाका लागि लियोनल मेस्सीको उपाधि संख्या ३३ पुगेको छ । 

 

यस सिजन स्पेनिस ला लिगाको नयाँ सिजन अर्को सातादेखि सुरु हुँदैछ । स्पेनिस सुपर कप ला लिगामा विजेता र कोपा डेल रे विजेताबीच हुने गर्छ । यसपटक दुवै उपाधि बार्सिलोनाले जितेकाले कोपा डेल रेको उपविजेताको हेसियदमा सेभियाले सुपर कप खेलेको हो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया