वर्षाका कारण अवतरण हुन नसक्दा विमान आकाशमै होल्ड

 साउन २८, २०७५ सोमबार १०:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - ठूलो वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ । एक्कासी ठूलो पानी परेकाले बिहान सवा १० बजेदेखि उडान र अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

वर्षाका कारण भिजिबिलिटी कम हुँदा अवतरण गर्न लागेका जहाज आकाशमै होल्ड भएका छन् । पानी कम हुने बित्तिकै उडान र अवतरण नियमित हुने कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया