वर्षा कम भएपछि जहाज अवतरण सुरु, होल्डमा रहेका जहाज पालो पर्खंदै

 साउन २८, २०७५ सोमबार ११:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - ठूलो वर्षाका कारण आकाशमा होल्ड भएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन थालेका छन् । अवतरणको लागि विमानस्थलले आन्तरिक उडानमा रहेका जहाजलाई पहिलो प्राथमिकता दिएको छ । विदेशबाट आएका जहाज अवतरणको पर्खाईमा आकाशमै घुमिरहेका छन् ।

एक्कासी ठूलो पानी परेकाले बिहान सवा १० बजेदेखि जहाज अवतरण हुन नसकेको हो । भिजिबिलिटी कम भएर अवतरण हुन नसक्दा बाहिरबाट आएका जहाज आकाशमै होल्ड भएका छन् । पानी कम हुन थालेकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया