राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित

 साउन २८, २०७५ सोमबार १४:३२:५७ | उज्यालो सहकर्मी

काठमाडौं – रााष्ट्रियसभा बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राणाको ९१ वर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको हो । राणा २०१५ सालको पहिलो आम चुनाव गोर्खा परिषद्को तर्फबाट धादिङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

नेपालको प्रथम संसदका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणा लोकतन्त्र र गणतन्त्रको पक्षमा सुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्वको रुपमा चिनिँदै आउनुभएको थियो । बैठकले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुको साथै एक मिनेट मौनधारण पनि गर्यो ।

अर्को बैठक २९ गते मंगलबार दिउँसो २ बजेदेखि सुरु भएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया