घुससहित यातायातका इञ्जिनियर अख्तियारको फन्दामा

 साउन २८, २०७५ सोमबार १४:५०:११ | भवानीप्रसाद पाण्डे

रुपन्देही – बुटवलमा एकजना सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर सरोजकुमार साहलाई २० हजार घुससहित आज पक्राउ गरेको हो । 

नयाँ सवारी साधन दर्ताको लागि इञ्जिनियर साहले २० हजार घुस मागेको थाहा पाएपछि पुगेको अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ गरेका साहमाथि अनुसन्धान थालिएको अख्तियार बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया