साउनको अन्तिम सोमबार यस्तो देखियो पशुपति (फोटो फिचर)

 साउन २८, २०७५ सोमबार १६:१८:४५ | बेदानन्द जाेशी

काठमाडौं – साउनको अन्तिम सोमबार पशुपतिमा दिनभर दर्शनार्थीको घुइँचो लाग्यो ।

बिहान मुसलधारे पानी परिरहँदा पनि दर्शनार्थीको चहलपहल घटेन । कोही छाता ओढेर र कोही भिज्दै लाइनमा उभिए । बोलबममा पुरुषहरुको सहभागिता भए पनि पूजा गर्नेको लाइनमा भने महिलाको संख्या धेरै देखिन्थ्यो । पशुपतिको मन्दिर भित्र र बाहिर पनि दिनभर महिला दर्शनार्थीको चहलपहल भैरह्यो ।

साउनको सोमबार विशेषगरी महिलाहरु व्रत सहित भगवान शिवको पूर्जा अर्चना गर्छन् । साउनको अन्तिम सोमबार साउनभरीको व्रत समापन गर्ने चलन छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया