ऋषि र नितु कपूरले स्वीकारे आलियालाई,  रणवीर–आलियाको विवाह अर्को वर्ष हुन सक्ने

 साउन २८, २०७५ सोमबार १७:१५:४७ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टबीचको प्रेमसम्बन्ध लामो समयदेखि चर्चाको विषय बनेको छ । यी दुवै कैयौं पटक एकअर्काको साथमा समय बिताइरहेका खबरहरु आइरहन्छन् ।

अहिले फेरि रणवीर र आलियाको विवाहको चर्चा भइरहेको छ । खबरहरका अनुसार यी दुवैले अर्को वर्षभित्रमा विवाह गर्नसक्ने बताइएको छ । रणवीर कपूरका बुवा आमाले पनि आलियालाई मन पराइसकेका छन् । 

खबरहरुका अनुसार रणवीर कपूरका यस अघिका कुनै पनि प्रेमिकाहरुलाई उनका बुवा ऋषि कपूर र नितु कपूरले मन पराएका थिएनन् । रणवीरकी यसअघिकी प्रेमिकाहरु दीपिका पादुकोण र कट्रिना कैफसँगको सम्बन्धलाई ऋषि कपूरले स्वीकार गरेका थिएनन् । साथै उनकी आमा नितु कपूर त झन दीपिका र कट्रिना वा अन्य प्रेमिकाहरुसँग कुरा गर्न समेत रुचाउँथिनन्  । तर आलिया भट्टलाई भने ऋषि र नितु कपूर दुवैले मन पराएका छन । 

अभिनेत्री आलिया भट्टलाई कपूर खानदानले बुहारीको रुपमा स्वीकार गर्न राजी भइसकेका छन । तसर्थ यी दुवैको विवाह अर्को वर्षभित्रै हुन सक्ने खबरहरु अहिले भारतीय मिडियामा आइरहेका छन् । 

केही दिन अगाडी आलियाले समेत बिवाहले उनको करियरमा कुनै पनि फरक नपर्ने र बिवाह पछि पनि अभिनय जारी राख्ने बताएकी थिइन् । 

यसअघि रणवीरका बुवा ऋषि कपूरले समेत एक अन्तर्वार्तामा छोरा रणवीरको छिट्टै विवाह भएको हेर्न चाहेको र रणवीरले उनले मन पराएकी प्रेमिकाका साथ विवाह गर्न सक्ने बताएका थिए । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया