पहिलो पटक नेपाली क्रिकेटर अाईसीसीकाे एकदिवसीय वरीयतामा

 साउन २८, २०७५ सोमबार १७:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेपछि नेपाली क्रिकेटरहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरीयतामा पहिलो पटक समावेश भएका छन् ।
 
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा युवा बलर सन्दीप लामिछाने, ब्याटिङमा अलराउण्डर सोमपाल कामी र ज्ञानेन्द्र मल्ल छन् ।

क्रिकेटको २२ वर्षको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएपछि नेपाली खेलाडीहरुको विश्व वरीयताको ढोका खुलेको हो ।
 
दुई एकदिवसीयमा सन्दीपले ४ विकेट लिएका थिए भने सोमपालले १ अर्धशतकसहित ६१ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले पनि १ अर्धशतकसहित ६४ रन बनाएका थिए ।
 
बलिङतर्फ सन्दीप लामिछाने २१७औं वरीयतामा परेका छन् । त्यस्तै ब्याटिङतर्फ सोमपाल २२९औं र मल्ल २३६औं वरीयातामा छन् ।
 
यसअघि गएको साता चार नेपाली खेलाडीहरु कप्तान पारस खड्का, वसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकर पहिलो पटक टी–२० वरीयतामा परेका थिए । एकदिवसीय र टी–२० दुवै वरीयतामा पर्ने सोमपाल एक्ला नेपाली खेलाडी हुन् ।
 
आईसीसीको नयाँ वरीयतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत छन् । त्यस्तै भारतकै जरप्रित बुम्राह बलिङतर्फ शीर्ष स्थानमा रहँदा बंगलादेशी क्रिकेटर सकिव अल हसन अलराउण्डरमा शीर्ष स्थानमा छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया