दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
इलाम – स्कुल बस दुर्घटना हुँदा चौध विद्यार्थी घाइते भएका छन् ।
घाइतेमध्ये ११ जनालाई इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापा लगिएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा विद्यार्थी बोकेको स्कुल बस सोमबार दुर्घटना हुँदा सवार १४ विद्यार्थी घाइते भएका हुन् ।
तीनजना विद्यार्थीको इलाम अस्पतालमा इलाममा उपचार भइरहेको छ भने बाँकी ११ जना विद्यार्थीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बीएण्डसी अस्पताल पठाइएको छ । विद्यार्थीको टाउको, जीउ र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विद्यार्थी बोकेर विद्यालयतर्फ जाने क्रममा रक्सेमा दुर्घटना भएको थियो । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा सडकबाट बस पल्टिएर तल झरेकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा ३ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरु घाइते भएका छन् । बसमा २६ जना विद्यार्थी सवार रहेको प्रारम्भीक जानकारी प्रहरीले दिएको छ । देउमाइ नगरपालिका–१, का ३८ वर्षका बस चालक दीलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ishwar bhandari
Aug. 13, 2018, 9:37 p.m.naya naya news ko lagi dhnyabad tra satya ghatna lai matra uploads grnu hola thanks
Suman bhandari
Aug. 13, 2018, 8:25 p.m.boarding ka gadi ma atyadhik bachcha kochne chalan banda garna lagaiyos sarkar
दुखद खबर
Aug. 13, 2018, 6:15 p.m.फेरि नदाेहाेरियाेस