धरौटी २ कराेड  राख्नु उपयुक्त हुने व्यवसायीको प्रस्ताव, धरौटीको ब्याज पाउनुपर्ने माग

 साउन २८, २०७५ सोमबार १८:३३:१० | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीको धरौटी २ कराेड रुपैयाँ राख्दा उपयुक्त हुने बताएको छ । 

सरकारले धरौटी रकम ६ कराेड पुर्‍याउने तयारी गरेको खबर सार्वजनिक भएपछि विरोध गरिरहेको संघले १ करोड रुपैयाँ नगद र बैंक ग्यारेन्टी १ कराेड रुपैयाँ राख्दा हुने प्रस्ताव गरेको हो । संघको बैठकले निर्णय गरेर श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाउँदै संघले यस्तो प्रस्ताव गरेको हो ।

यस्तै नपुग धरौटी रकम जम्मा गर्न एक वर्षको समय पाउनुपर्ने पनि व्यवसायीको माग छ । व्यवसायी र मन्त्रीबीच अहिले पनि छलफल चलिरहेको छ । सरकारले म्यानपावरको धरौटी रकम २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी हुनुपर्ने गरी वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्न लागेपछि संघले त्यो व्यवहारिक नहुने बताउँदै त्यसलाई घटाउन प्रधामन्त्रीदेखि विभिन्न दलका शीर्ष नेतासम्मलाई भेटेर लबिङ गर्दै आएको छ । 

यो पनि पढ्नुहोस् । 

धरौटी रकम फिर्ता गराउन प्रधानमन्त्रीदेखि दलका नेतासम्मलाई लबिङ गर्दै म्यानपावर व्यवसायी

‘नाङ्लो पसल’ जस्ता म्यानपावरले पाउँदैछन् मर्जरको विकल्प

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया