प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चुनाव भदौ ५ गते

 साउन २८, २०७५ सोमबार १८:५७:९ | उज्यालो सहकर्मी

काठमाडौं – संघीय संसद प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भदाै ५ गते हुने भएको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तरगतका १० वटा विषयगत समितिका सभापतिहरुको चुनाव आगामी भाद्र ५ गते मंगलबार तोकिएको जानकारी दिनु भएको हो । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उहाँले भाद्र ५ गते मंगलबार बिहान ११ बजे समितिका सभापतिहरुको चुनावकोे मिति तय गरिएको पनि बताउनुभयो ।

यसैबीच, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको चुनावको मिति तोकिएको सूचना जारी गर्नु भएको छ ।

प्रतिनिधिसभामा अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति गरेर १० वटा विषयगत समिति रहेका छन ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया