सरकारले पाँच महिनामा वैदेशिक रोजगारीका क्षेत्रमा गरेका काम यस्ता छन्

 साउन २८, २०७५ सोमबार १९:२०:४५ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न गरेका कामलाई आफ्नो उपलब्धीमा समेटेको छ । 

साेमबार सार्वजनिक गरिएको उपलब्धिहरुमा पाँच महिनामा वैदेशिक रोजगारका क्षेत्रमा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन टोकन प्रणली लागु गरेको, दक्षिण कोरिया, संयुक्त अरव इमिरेट्स्, कतार र जापानसँग श्रमसम्बन्धी समझदारी नविकरणको प्रक्रिया अगाडि बढाइएको, वैदेशिक रोजगार विभागमा दैनिक उजुरी सुन्ने व्यवस्था सुरुवात गरेका कुरा उल्लेख छ । 

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा फौजदारी अभियोग लागेर विभिन्न देशका जेलमा रहेका नेपालीहरुलाई कानुनी सहायता पुर्‍याउने उद्देश्यले कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका २०७५ कार्यान्वयमा ल्याइएको, विदेशमा समस्यामा परेका कामदारलाई न्याय दिलाउने उद्देश्यले वैदेशिक रोजगार सम्बन्धि मागपत्र जाँच निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइनुलाई सरकारले आफ्नो उपलब्धि भनेको छ । 

विभिन्न देशमा अलपत्र परेका नेपालीहरूलाई उद्दार गरी नेपाल फिर्ता ल्याइएको र यस क्रममा मलेसियाको लेन्गेग घरफिर्ती केन्द्रबाट १० जना र बुटिक जलिल घरफिर्ती केन्द्रबाट ३० जना श्रमिकहरूको उद्धार गरिएको सरकारले सार्वजनिक गरेको उपलब्धीमा उल्लेख छ ।

सरकारले श्रमिकको पारिश्रमिक वृद्धिका लागि श्रम नियमावली २०७५ जारी गरिएको पनि जनाएको छ । सबै कामदारको तलब बैंक खाताबाट भुक्तानी गर्नुपर्ने र न्युनतम पारिश्रमिक पनि तोकिएको सरकारले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया