बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने दुई महिला पक्राउ

 साउन २८, २०७५ सोमबार १९:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – ६० वर्षीय एक वृद्धालाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने दुई महिला पक्राउ परेका छन् ।

निस्दी गाउँपालिकाकी ६० वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै दुब्र्यवहार गरेको भन्दै बिनय त्रिबेत्री गाउँपालिका वडा नम्बर ३ धारादी नवलपरासी ३ की १६ तमसरी सिंजाली, मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ नवलपरासीकी १८ वर्षकी गीता कामुलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएको १२ गते दिउँसो बोक्सीलगायतको भन्दै ती वृद्धालाई उनीहरुले गाउँलेको  बीचमा सार्वजनिक गालीगलोच गरेका थिए ।  वृद्धालाई गालीगलोच र दुब्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले घटनामा संलग्न दुई महिलालाई पक्राउ गरेको जनाएको छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया