सेनाले डिस्पाेज गर्याे एकाबिहानै भक्तपुरमा भेटिएका दुईवटा प्रेशर कुकर बम

 साउन २९, २०७५ मंगलबार ७:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेशर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

सूर्यविनायक नगरपालिका ६ आदर्श बस स्टप नजिकै अरनिको राजमार्गमा झोलामा हालेर राखिएको प्रेसर कुकर बम भेटिएको थियो । 

त्यसैगरी मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा ६ लेन सडकको सर्भिस ट्रयाकको डिलमा झोलामा हालेर राखिएको प्रेशर कुकर बम भेटिएको थियो ।

दुई ठाउँमै बम भेटिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सुरक्षाका लागि खटिएको थियो । 

बिहान साढे ६ बजेसम्म दुबै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

दुबै बम सामान्य खालको भएको दावी गर्दै उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ति र सादा पोशाकका प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । 

नेत्र बिक्रम चन्द विप्लब नेतृत्पको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दमा त्रास फैलाउने उदेश्यले बम राखिएको आशंका गरिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया