अफगानिस्तानमा अमेरिकी सैनिक मारिए

 साउन २९, २०७५ मंगलबार १६:४:१० | रासस
unn.prixa.net

अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ । 

अमेरिकी सैन्य बलका ३६ वर्षीय रेमन्ड रेरोगल ट्रान्सफिगरेसनको आइतबार भएको विस्फोटमा परि मृत्यु भएको हो । अमेरिकी सेनाले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ । 

तालिबान विरुद्धको लडाईमा अफगान सुरक्षाफौज अग्र मोर्चामा रहे पनि अमेरिकी सेनाले अफगान सैनिकलाई सल्लाह र तालिम दिइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया