तीन वर्षमा चार हजार किलो सुन तस्करी !

 साउन २९, २०७५ मंगलबार १६:७:१९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालमा पछिल्लो तीन वर्षयता मात्रै झण्डै ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै झण्डै ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिनु भएको हो । उहाँले मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको खुलासा गर्नुभयो ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताउनुभयो । ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै तस्करलाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दाबी छ ।

गृहमन्त्री थापाले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दाबी गर्नुभयो । गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी गर्नुभयो । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया