अब लालिगा फुटबल हेर्नुहोस् फेसबुकबाटै !

 साउन २९, २०७५ मंगलबार १६:४१:३५ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुकले स्पेनिस लालिगा फुटबल अब लाइभ दिने भएको छ । ला लिगाको डिजिटल ब्रोडकास्टिङ अधिकार सोनी च्यानलसँग भए पनि फेसबुकले एसियाली देशहरुमा देखाउन पाउने भएको हो ।

अब फेसबुकबाट लालिगा फुटबल नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा आउँदो  तीन वर्षसम्म हरेक खेल देखाउने सभ्झौता भएको छ । 

लालिगाका डिजिटल प्रमुख अल्फ्रेडो बर्मजोले भने, ‘यो सहमतिपछि विश्वका अझ धेरै ठाउँमा फुटबलको माहोल बन्ने छ ।’ उनले अगाडि थपे, ‘पछिल्लो २ वर्षदेखि हामीले व्यापक दर्शकामाझ फुटबल देखाउने प्रयास गरेका थियौँ, फेसबुक यसका लागि सहायक सिद्ध भएको छ ।

एसियाली महाद्वीपमा फेसबुकमा प्रयोग कर्ता लाखौँ भएकाले हामीलाई झनै फाइदा पुग्नेछ ।’ लालिगाका लागि सोनीले सन् २०१४ देखि १८ सम्मको ३२ मिलियन डलर तिरेको थियो । फेसबुकबाट आउने भएपछि सोनीले प्रशारण अधिकार छाडेको जनाइएको छ ।  
 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Pabinraj Rai

    Aug. 14, 2018, 8:03 p.m.

    Please raise the like for live La liga

  •  0 Reply

तपाईको प्रतिक्रिया