अरुण तेस्रो परियोजनामा कार्यरत मजदुरको मृत्यु

 साउन २९, २०७५ मंगलबार १८:२१:११ | उज्यालो सहकर्मी

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिकामा पर्ने राष्ट्रिय गौरवको आयोजना अरुण–३, परियोजनामा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ ।

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका–१, का २६ वर्षीय केशव शाहीको अरुण तेस्रो परियोजनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उहाँको सोमबार साँझ ६ बजेको समयमा सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथीबाट खसेको ढुङ्गा लागेको ज्यान गएको हो ।

मंगलबार दिउँसोको समयमा शवलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ भने शवलाई उनको गृह जिल्ला लैजाने तयारी भइरहेको जनाएको छ । ९ सय मेघावाट विद्युत्त उत्पादन हुने त्यो जलविद्युत्त आयोजनामा भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया