कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
कञ्चनपुर – सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीलाई नगदसहित नियन्त्रणमा लिएकोे छ ।
भारतबाट सामान ल्याउदै गरेका सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियारले गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराईलाई नगद १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा भट्टराईलाई घुस लिइरहेको अवस्थामा नगद १० हजारसहित नियन्त्रणमा लिइएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।