नेकपाका नेता ६५ हजार धरौटीमा रिहा

 साउन २९, २०७५ मंगलबार २०:१९:४९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाबाटै पक्राउ परेका नेकपाका नेता श्याम यादव ६५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

हातहतियार तथा खरखाना अन्तर्गतको मुद्दामा पक्राउ परेका नेता यादवलाई जिल्ला प्रशासन कार्यालय धनुषाले ६५ हजार धरौटीमा रहा गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

यादवमाथि एकवर्ष अघि हातहतियार खरखाजान मुद्दाका अभियुक्तले दिएको बयानको आधारमा पक्राउ गरेको र धरौटीमा छोडेको उहाँले बताउनुभयो ।

पूर्व नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका नेता यादव गएको एकवर्ष अघि जनकपुरको पीडारीचोकमा भएको सडक दुर्घटनाको विषयमा चाँसो लिँदै जिल्ला प्रहरी कार्यालयमा बुझ्न गएपछि प्रहरीसँग समान्य भानाभान भएको सोही क्रममा पहिलाको मुद्दामा प्रहरीले पक्राउ गरेको जनाइको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • बिम्लेश सादा

    Aug. 14, 2018, 8:32 p.m.

    नेपाल को नलाएक सरकार ।जबकी पहिला देखिनै अपराधी थियोे भने राजनीति मा कसरी यायो? के नेपाल सरकार ले मान्छे के छ कसतो छ चेक गरेन?

  •  0 Reply

तपाईको प्रतिक्रिया