रातभरको वर्षाले उपत्यकाका कयौँ ठाउँ डुबानमा

 साउन ३०, २०७५ बुधबार ७:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ । 

बाढीका कारण काठमाडौंको बानेश्वर, बुढिनिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो । 

राति १ बजे देखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् । सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेका प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया