निको भयो रोनाल्डोलाई, फर्किए घर

 साउन ३०, २०७५ बुधबार ८:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलियन रोनाल्डो अस्पतालबाट घर फर्किएका छन् । स्पेनमा विदा मनाउन गएका बेला नियमोनिया भएपछि शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो । 

स्वास्थ्यमा सुधार आएपछि उपचार गराइरहेको क्यान मिसेस अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज भएपछि रोनाल्डोले उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिएका छन् ।

सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा महत्वपूर्ण सदस्य रहेका रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका छन् । सन् १९९४ देखि २००६ सम्म ४ वटा विश्वकप खेलेका रोनाल्डो फिफा विश्वकपमा १० गोल भन्दा बढि गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । 

उनले १५ गोल गरेका छन् भने जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरका छन् । रोनाल्डो रियल मड्रिड, बार्सिलोना, इन्टर मिलान र एसी मिलानमा पनि खेलेका थिए । यसैगरी उनले बेलोेन डी ओर अवार्ड सन १९९७ र २००२ मा जितेका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया