दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट श्रीलंकाले जित्यो

 साउन ३०, २०७५ बुधबार ८:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट प्रतियोगिता श्रीलंकाले जितेको छ । एकदिवसीय श्रृङखला ३–२ ले गुमाएको श्रीलंकाले टी ट्वान्टीमा दक्षिण अफ्रिकाविरुद्ध ३ विकेटले विजयी भएको हो ।

पहिला ब्याटिङ गरेको अफ्रिका १६.४ ओभरमा ९८ रनमा समेटिएको थियो । अफ्रिकाका क्वीनटन डी ककले सर्वा्धिक २० रन बनाएका थिए । रेजा हेन्ड्रिक १९, हेनिरिक कलासेन १८ , डेभिड मिलरले १४ तथा जुनियर डालाले १२ रन जोडेका थिए । अफ्रिकाका हासिम आमला, एन्डले फेलिकाओ, काशिको रावडा र तबरेज सम्सीले खातानै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले ५ रन पनि कटाउन सकेनन् ।

अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले १९ रन खर्चिएर ३ विकेट लिए । अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले दुई दुई विकेट लिए ।

९९ रनको झिनो लक्ष्य पूरा गर्न श्रीलंकाले १६ ओभर ७ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकाका लागि  वेस्टइन्डीज विरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा प्रतिबन्धमा परेका दिनेश चण्डिमलले उत्कृष्ट पारी खेले । प्रतिबन्ध पछि पहिलो टी ट्वान्टी खेलका विकेटकिपर ब्याट्सम्यान चण्डीमलले आउट नभई ३६ रन जोडेका थिए । 

धनञ्जय डी सिल्भाले ३१ रन जोडेका थिए । अफ्रिकाका काशिको रावडा, तबरेज साम्सी र जुनियर डालाले दुई दुर्ई विकेट लिएर श्रीलंकालाई दबाबमा राख्न खोजपनि हार टार्न भने सकेनन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया