प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
उदयपुर – जंगली हात्तीले अाक्रमण गर्दा एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणमा वेलका नगरपालिका–३ खैरेनी टप्पु बस्ने ३५ वर्षीय रामबहादुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक मेघराज अधिकारीका अनुसार मंगलबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा २÷३ वटा जंगली हात्तीको समूहले सार्कीको घर भत्काएको छ ।
हात्तीले उनको छाति र टाउकोमा टेकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । हात्तीले घर भत्काएपछि हात्तीको डरले भाग्ने क्रममा नै उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव घर भन्दा ५० मिटर पर भेटिएको थियो । घरका अन्य सदस्य भने भागेर ज्यान बचाउन सफल भएका छन् ।