एन्फाको विशेष सधारण सभा चितवनको सौराहमा सुरु

 साउन ३०, २०७५ बुधबार ११:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अखिल नेपाल पुटबल संघ एन्फाको विशेष सधारण सभा चितवनको सौराहमा सुरु भएको छ ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । एन्फाको विषेश साधारण सभामा विषेश गरी जिल्ला संघको मताधिकारको विषयमा निर्णय हुनेछ । मुलुक संघीयतामा गइसकेको अवस्थामा एन्फाले पनि आफ्नो विधान संघीय संरचना अनुसार नै संसोधन गर्ने तयारी गरेको छ । जसका कारण हाल विद्यमान जिल्ला संघहरुको मताधिकार प्रदेशमा मा सीमित हुनेछ जसमा जिल्ला संघहरुले विरोध जनाउन सक्नेछन् ।

संघीय संरचना अनुसार विधान संसोधन भएमा प्रदेश एकबाट १० जना मतदातासहित ३० जना महाधिवेशन प्रतिनिधि रहनेछन् । यस्तै प्रदेश २ बाट ८ जना मतदाता सहित २४ जना प्रतिनिधि, प्रदेश ३ बाट ११ जना मतदाता सहित ३३ जना प्रतिनिधि, प्रदेश ४ र ५ बाट ६ जना मतदाता सहित १८ जना तथा प्रदेश ६ र ७ बाट २ जना मतदातासहित ६ जना प्रतिनिधिले केन्द्रीय अधिवेशनमा सहभागिता जनाउन पाउनेछन् ।

मताधिकारको सम्बन्धमा पूर्व उपाध्यक्ष मणि कुँवरले राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा संसोधन रोक्न माग गर्दै निवेदन दिनुभएको थियो । तर विषेश साधारण सभामा उपस्थित राखेपका सदस्य उपेन्द्र पौडेलले भने कुनै पनि संघको विधान संसोधन गर्न नरोक्ने अभिब्यक्ति दिएपछि राखेपले संसोधन रोक्न भनि पठाएको पत्रको औचित्व सकिएको छ ।

चितवनको सौराहामा जारी साधारण सभाले एन्फाको इतिहासमा पहिलो पटक आर्थिक नियमावली पास गर्दैछ । यस्तै फुटबल संघ कार्यसंचालन विधि पनि पास हुँदैछ । कर्मचारी तथा प्रशासन नियमावली पनि विशेष साधारण सभाले पास गर्नेछ ।

यसैगरी एन्फाको विधानमा वरिष्ठ मानर्थ उपाध्यक्षसहित केही पदहरु थप्ने  तयारी गरिएको छ ।
विशेष साधारण सभाको अघिल्लो दिन गयराति बसेको केन्द्रीय समितिको बैठकले राखेपले विधान संशोधन नगर्न दिएको सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारण सभामा पेश गर्ने निर्णय गरेको थियो ।

साधारण सभामा आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्प र दीर्घकालीन योजना प्रस्तुत गर्ने तयारी गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया