प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।
भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको हो ।
बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गर्नु भएको हो । समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालीका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।
भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर यस अघि नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ । समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशबासीको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो । सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।
समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समुदायको सहभागिता रहेको थियो । समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए ।