नुवाकोटमा बस दुर्घटना : ४० जना घाइते

 साउन ३०, २०७५ बुधबार १३:७:५८ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको लामाटारमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । 

बुङताङबाट काठमाडौं जाँदै गरेको बा. २ ख २८०४ नम्बरको बस विदुर नगरपालिका–९, लामाटारमा दुर्घटना भएको हो । मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ४० मिटर तल खस्दा बसमा यात्रा गरिरहेका ४० जना घाइते भएको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

दुर्घटनामा परि गम्भीर घाइते भएका सात जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया