हेलिकप्टरको पंखाले लागेर ज्यान गुमाएका मेहताको शव भारत लगिँदै

 साउन ३०, २०७५ बुधबार १४:१९:१४ | रासस
unn.prixa.net

सुर्खेत – मनाङ एयरको हेलिकप्टरको पङ्खाले लागेर हिल्सामा ज्यान गुमाएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । 

मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताउनुभयो । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौं हुँदै भारत लगिने तयारी गरिएको छ ।

सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया