टिप्पर खोलामा खस्यो, चालक बेपत्ता

 साउन ३०, २०७५ बुधबार १६:२५:१६ | रासस

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेखी खोला ए जलविद्युत् आयोजनाको टिप्पर बुधबार बिहान ११ बजे नदीमा खसेर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । 

आयोजनाका अध्यक्ष उमेश कसजुका अनुसार वा ४ ख ९५८० नम्बरका चालक जुगल गाउँपालिका–३, गुम्बा निवासी ३५ वर्षीय साङ लामा बेपत्ता भएका हुन् । 

सुरुङको माटो खोलामा फाल्ने क्रममा गोल्चे भन्ने ठाउँ चिप्लिएर टिप्पर दुर्घटनामा परेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया