धोविखोलामा बाढीकाे खतरा, सतर्क रहन अाग्रह

 साउन ३०, २०७५ बुधबार १७:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्बस बादलसहित ठूलो वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ ।

वर्षासँगै विष्णुमति र धोविखोलमा आकस्मिक बाढीको सम्भावना रहेको र बेलुकी ५ बजे पछि तटीय क्षेत्रमा सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

‘काठमाडौंको उत्तरी भूभागमा क्युमुलोनिम्बस बादल देखिएको छ । यसले क्षणिक ठूलो वर्षा गराउँछ’ जल तथा मौसम पूर्वानुमान महाशाखाको मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, ‘वर्षाको सम्भावना भएकाले बाढी आउन सक्छ ।’ 

यस्तै, बुधबार बिहान उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले काठमाडौंको बानेश्वर, बुढानिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको थियाे । 

राति १ बजेदेखि बाढी पसेपछि नदी किनाराका बासिन्दा प्रभावित भएका थिए । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ मिलिमिटर वर्षा भएको छ ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया