भदौ एक गतेबाट कलंकी अण्डरपास खुल्ने

 साउन ३०, २०७५ बुधबार १८:४९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कलंकीको अण्डरपास भदा‌ै एक गतेबाट खुल्ने भएको छ । 

शनिबार र आइतबार घाम लागेको मौका छोपेर रोडमाथि सिलकोट गरिसकेको र अब चाइनिज कम्पनीले आफ्ना सामान हटाएपछि ‘साइट क्लियर’ गर्दै अण्डरपास खोल्ने चक्रपथ आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताउनुभयो । 

रोड पिच गर्नको लागि ल्याइएका रोलर र अन्य मेसिनजन्य सामानहरु यत्रतत्र छरिएर रहेको र ती सामानलाई हटाएपछि अझै एकपटक अण्डरपासको छेउछाउमा फिनिसिङ गर्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

पानी परेन भने ती सामानहरु हटाएर बाँकी काम सक्दै भाद्र एक गतेबाट अण्डरपास खोल्ने योजना रहेको भण्डारीले बताउनुभयो । 

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दावी गरेको छ ।


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया