पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफले जेलमै केक काटेर छोरीज्वाईँसँगै मनाए स्वतन्त्रता दिवस

 साउन ३०, २०७५ बुधबार १९:२१:२० | एजेन्सी
unn.prixa.net

भ्रष्टाचार मुद्धामा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले जेलमै स्वतन्त्रता दिवस मनाएका छन् ।

अति उच्च सुरक्षायुक्त तथा सुविधासम्पन्न आदियाला जेलमा छोरी मरियम र ज्वाईँ मुहम्मद सफदरसँगै म‌ंगलबार केक काटेर उनले जेलमा पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस मनाएका हुन् ।

गैरकानुनी रुपमा अकुत सम्पत्ति कमाएको आरोपमा नवाज शरीफलाई १० वर्ष, छोरी मरियमलाई सात वर्ष तथा मुहम्मद सफदरलाई एक वर्षको जेल सजाय सुनाइएको थियो । 

पाकिस्तानी पत्रिका डनका अनुसार दश–दश पाउण्डका तीनवटा केक जेलमा मगाइएको थियो । त्यसको पैसा पूर्वप्रधानमन्त्री नवाज शरीफले नै तिरेका हुृन् । जेलमा रहेका अन्य कैदीबन्दीको आग्रहमा शरीफले केक काट्दैं संक्षिप्त भाषण पनि गरेका थिए । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया