लखिमपुरदेखि गौरीफन्टासम्म जोड्ने ६६ किमी सडककाे स्तरोन्नति हुने

 साउन ३०, २०७५ बुधबार १९:४३:३९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – भारतको लखिमपुर—गौरीफन्टा जोड्ने सडकको भारतीय सांसद अजय मिश्र टेनीले मंगलबार एक समारोहका बीच शिलन्यास गर्नुभएको छ ।

दुधवा राष्ट्रिय निकुञ्जकका कारण गौरीफन्टा नाकाको स्तरोन्नती हुन नसकेको चर्चा चलेका बेला भारतले दुधवा–गौरीफन्टा सडक स्तरोन्नति गर्ने भएको छ ।
पलियामा रहेको राष्ट्रपति पार्कमा सांसद टेनीले सडकको शिलन्यास गर्नुभएको हो । शिलन्यासपछि दुधुवा—डिगनिया चौराहा (गौरीफन्टा) अहिले कायम रहेको सडकको चौडाइमा एक मिटर थप चौडा हुनेछ ।

दुधुवादेखि गौरीफन्टासम्मको २० किलोमिटर सडक निर्माणमा झण्डै १७ करोड ८९ लाख भारतीय रुपैयाँ (२८ करोड ६२ लाख ४० हजार नेपाली रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । लखिमपुरदेखि गौरीफन्टासम्म जोड्ने ६६ किमी सडकको निर्माणमा भने दुई सय ५१ करोड भारतीय रुपैयाँ (चार अर्ब एक करोड ६० लाख नेपाली रुपैयाँ) लाग्ने बताइएको छ ।

चन्दनचौकी—सुडा र लखिमपुर—पलिया सडक चार लेनको निर्माण हुनेछ भने दुधुवा गौरीफन्टा जोड्ने अहिलेको सडकभन्दा थप एक मिटर चौडा हुनेछ । सडक निर्माण कार्य २०१९ भित्र निर्माण पूरा हुनेछ । सडकको दुधुवा—गौरीफन्टा सडकको निर्माणले प्रदेश नम्बर सातका उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई व्यापार तथा आवागमनमा अत्यन्त सहज हुने बताएका छन । दुधुवा—गौरीफन्टा सडक अत्यन्त जिर्ण भएका कारण अहिले यस मार्गमा आवातजावत गर्न निकै कठिनाई हुने गरेको छ ।

दुधवा–गौरीफन्टा सडक भत्किएर नाजुक अवस्थामा रहेको छ भने निकै साघुँरो पनि छ । अस्तव्यस्त सडकका कारण दिनहु दुर्घटना समेत हुने गरेको छ । दुधवा राष्ट्रिय निकुञ्जकका कारण गौरीफन्टा नाकाको स्तरोन्नती हुन नसकेको चर्चा चलेका बेला भारतले दुधवा–गौरीफन्टा सडक स्तरोन्नतीका लागि नाकाको शिलन्यास गरेको छ ।

प्रदेश ७ लागि महत्वपूर्ण रहेको र मुख्य मन्त्रीलगायत सम्पूर्ण सदस्यहरु तथा संघीय सरकारलाई निरन्तरता गर्नु पर्ने प्रतिवद्धा व्यक्त गर्नुभयो । प्रदेश ७ लाई समृद्ध बनाउनको लागि गौरीफन्टा नाका महत्वपूर्ण आवश्यक पर्ने धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया