तीन बालिका तीन दिनदेखि बेपत्ता

 साउन ३०, २०७५ बुधबार १९:५७:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तीन दिनदेखि दाङको फुलबारीबाट तीन बालिका बेपत्ता भएका छन् ।

तसलसीपुर उप–महानगरपालिका–१३, मझघटुवाका तीन जनाबालिका सोमबार बेलुकादेखि बेपत्ता भएको फुलबारीका स्थानीय शान्ति दूत छिता खड्काले जानकारी दिनुभएको छ । मझघटुवाका गोवर्धन विकका छोरी रिता विक, ९ वर्षीय गंगा विक र दीपक नेपालीकी ११ वर्षीय विपना नेपाली हराएका हुन् ।

मावि अम्विकेश्वरी र मावि रणियापुरमा अध्ययनरत बालिका तुलसिपुरसम्म आएको थाहा भए पनि त्यसपश्चात उनीहरु कता गए भन्ने कुनै जानकारी नभएको परिवारले जानकारी दिएका छन् ।

यसरी तीन दिनसम्म छोरीहरु पत्ता नलागेपछि बालिकाका अभिभावकले खाजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया