अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

 साउन ३०, २०७५ बुधबार २०:३२:२५ | रासस
unn.prixa.net

बैतडी – गएकाे तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग बुधबारबाट सञ्चालनमा आएको छ । 

लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो । 

बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो । 

राजमार्ग सञ्चालनमा आएपछि विगत तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया