मध्यप्रदेशमा पिकनिक मनाउन गएका १२ जनालाई झरनाले बगायो

 साउन ३०, २०७५ बुधबार २०:४१:२६ | एजेन्सी
unn.prixa.net

भारतको मध्यप्रदेशको शिवपुरी र ग्वालियर जिल्लाको सीमा क्षेत्रमा पर्ने सुल्तानगढमा पिकनिक गर्न आएका १२ जना व्यक्तिलाई झरनाले बगाएको छ ।

स्वतन्त्रता दिवसको छुट्टीका अवसरमा बुधबार पिकनिकका लागि आएका ती व्यक्ति अचानक पानीको सतह बढेपछि एक सय फीटको उचाइबाट तल खसेका थिए । 

अँधेरो भैसकेको र ठूलो पानी परिरहेकाले उद्धार कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । सुल्तानगढ झरनानजिकै हेलिकप्टर अवतरण गर्न समस्या भएकाले पनि उद्धार कार्यमा समस्या आएको दैनिक जागरणले जनाएको छ । 

घटनामा ३० भन्दा बढी व्यक्ति बगेको आशंका गरिएको छ । अहिले घटनास्थलमा गोताखोरहरु पुगिसकेको र फसिरहेका व्यक्तिलाई उद्धार गर्ने काम भैरहेको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया