आर्थिक वृद्धिदरलाई कसैले रोक्न सक्दैन : गर्भनर नेपाल

 साउन ३१, २०७५ बिहिबार ८:६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाल राष्ट्र बैङकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले नेपालमा अब आर्थिक बृद्धि कसैले रोक्न नसक्ने बताउनुभएको छ । ग्रामिण विकास लघुबित्त वित्तीय संस्थाको बुटवलमा भएको चौंथो वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर नेपालले गएकाे दुई वर्षदेखि सुरु भएको आर्थिक वृद्धिलाई कसैले रोक्न नसक्ने बताउनु भएको हो ।

९८ प्रतिशत भूभागमा समय मै धान खेती भएकाले १.५ देखि २ प्रतिशतसम्म योगदान धानवाली हुने बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न कुनै समस्या नभएको बताउनुभयो । नेपाल सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ । उहाँले प्रविधिमैत्री सेवा प्रवाह गर्न वित्तीय संस्थाहरुलाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया