प्रदेश सरकारले रत्नमन्दिर र हिमागृह खुलाउने

 साउन ३१, २०७५ बिहिबार १२:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रदेश सरकारले पोखराको फेवाताल किनारमा रहेका रत्नमन्दिर र हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्ने तयारी गरेको छ ।  

पूर्वराज परिवारले विन्टर प्यालेसका रुपमा प्रयोग गर्दै आएको रत्नमन्दिरलाई संग्राहालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरिएको हो ।

एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर र १० रोपनी ४ आनामा फैलिएको हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भैरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने स्थानीयवासीले पनि माग गर्दै आएका छन । रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया