रणवीर र दीपिकाको विवाहमा माेबाइल फाेन ‘नाे एण्ट्री’

 साउन ३१, २०७५ बिहिबार १४:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंंह र दीपिका पादुकोणको विवाहको टुंगो लागेसँगै मिडियामा अहिले यी जोडीको विवाहको खबर चर्चामा रहेको छ । 

यो वर्षको नोभेम्बरमा ईटालीको लेक कोमोमा एकदमै थोरैको संख्यामा उपस्थित पाहुनाहरुबीचमा दीपिका र रणवीरको विवाह हुन लागेको छ । 
दीपिका र रणवीर यस विवाहलाई एकदमै विशेष तरिकाले सम्पन्न गर्ने तयारीमा लागेका छन साथमा विवाह समारोहलाई नीजि तरिकाले सम्पन्न गर्नका लागि हरसम्भव प्रयासमा लागेका छन् । 

हालै सार्वजनिक खबरहरुका अनुसार यि जोडीले गोपनीयतालाई ध्यानमा राख्दै ईटालीमा नोभेम्बर २० मा सम्पन्न हुने विवाहमा सहभागी पाहुनाहरुलाई मोबाईल फोन नलिई आउन अनुरोध गर्नेछन् ।

यसरी मोबाइल फोन प्रतिबन्ध गर्नुको कारण विवाहमा लिइने तस्विरहरु हुन् । 

किनकि यसअघि अनुष्का र विराटको विवाहमा मोबाइलबाट लिइएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । यही कुरा दीपिका र रणवीरले आफ्नो विवाहमा दोहोर्‍याउन चाहँदैनन् । 

तसर्थ रणवीर सिंह र दीपिका पादुकोणको विवाह समारोहमा आमन्त्रित पाहुनाहरुलाई मोबाइल फोनविना नै उपस्थित हुन आग्रह गरिने भएको हो ।

खबरहरुका अनुसार ईटालीमा हुने विवाहका तस्बिरहरु रणवीर र दीपिका स्वयंले आफ्ना फ्यानहरुका लागि सार्वजनिक गर्नेछन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया