प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पाचथर – पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोमा जलेर ज्यान गएको छ ।
छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घरमा आगलागी हुँदा अविनारायण राईकी छोरी सुमिता राईको आगोमा जलेर ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।
आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान पनि अलैंची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ ।
आगोले जलेर गम्भीर बनेकी ३५ वर्षीय कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घर एकान्तमा रहेकाले स्थानीयलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो निभाउन नसकेको स्थानीयले बताएका छन् ।
दुई तले घर आगलागीबाट नष्ट हुँदा मानविय क्षतिसँगै ७ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।