सरकार पूरै असफल भैसक्यो : रामचन्द्र पौडेल

 साउन ३१, २०७५ बिहिबार १५:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गर्नु भएको छ । 

वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दावी गर्नुभयो । उहाँले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताउनुभयो । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभयो । शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको उहाँको आरोप छ ।

बिहीबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गर्नु भयो । उहाँले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी पनि गर्नु भयो ।

प्रमुख सचेतक खाँडले सरकार जनविरोधी काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गर्नु भयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया