सिभिल बैंकको नाफा ८५ प्रतिशतले बढ्यो

 साउन ३१, २०७५ बिहिबार १६:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले आब ०७४।७५ को अडिट नभएको विवरण सार्वजनिक गर्दै यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी भएको जनाएको छ ।

यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा  ३१.७८ प्रतिशतले बृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड रुपैयाँ आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आ.व.को तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले बृद्धि गरी ४० अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाह अघिल्लो आ.व.को तुलनामा ३३.७१ प्रतिशतले बृद्धि गरी ३९ अर्ब ४६ करोड रुपैयाँ भएको छ । बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।

बैंकले गत आ.व.को तुलनामा कर्जा प्रवाहमा गरेको बृद्धि रकम ९ अर्व ९४ करोड तथा खुद मुनाफामा गरेको बृद्धि रकम २९ करोड ६७ लाख रुपैयाँ छ । आ.व. २०७४/७५को मसान्तसम्म दुईलाख ५० हजारभन्दा बढी ग्राहक रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया