यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने २ जना युक्रेनी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौंको पुतलीसडकमा कोठा भाडामा लिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने युक्रेनी नागरिक विटाली विल्या र नतालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले अलिहेसम्म ९ जनाबाट १ लाख ८० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जनाले ६ सय जना नेपालीलाई सामाजिक सञ्जालमार्फत मासिक १ लाखसम्म कमाई हुने भन्दै ठग्ने योजना बनाइरहेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले ९ थान ल्यापटप, ७ थान मोबाइल, २ थान राहदानीलगायतका सामग्री पनि बरामद गरेको छ ।