भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी रहेनन्

 साउन ३१, २०७५ बिहिबार १७:५०:५० | एजेन्सी
unn.prixa.net

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान(एम्स) ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ भारतीय समय अनुसार ५ बजेर ५ मिनेट जाँदा वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएकाे छ । 

एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम(जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको थियो । ९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भएका थिए ।  गएको जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजेपेयीलाई अस्पताल भर्ना गरिएको थियो । 

भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी ३ पटक भारतको प्रधानमन्त्री बनेका थिए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए । त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए । 

वाजपेयीले लोकसभामा दिने गरेका मन्तव्यले के विपक्ष के सत्तापक्ष पूरै मन्त्रमुग्ध हुने गर्थ्यो । जब वाजपेयी लोकसभामा बोल्थे, लोकसभामा एक किसिमको काव्यिक माहोल छाउँथ्यो । वाजपेयीको वाककलाको प्रशंसा गर्दै पूर्व लोकसभा अध्यक्ष अनन्तराम अयंगरले एकपटक भनेका थिए कि लोकसभामा अंग्रेजीमा हिरेन मुखर्जी तथा हिन्दीमा अटल बिहारी वाजपेयीजस्तो राम्रो वक्ता कोही पनि थिएन । 

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले अटल बिहारी वाजपेयीकाे निधनले अाफू नि:शब्द भएकाे बताएका छन् ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

4 Comments

  • Ram babu Rajak

    Aug. 16, 2018, 9:29 p.m.

    Hardik sardhaanjali

  •  0 Reply
  • sibodh pasman

    Aug. 16, 2018, 8:29 p.m.

    We express our heartily condolence on respected Atal Bihari Bajpei's death who was great politician in India.May his soul peace in heaven and wish his family keep patience in bereaved condition.

  •  0 Reply
  • श्रवण आचार्य

    Aug. 16, 2018, 6:52 p.m.

    हार्दिक श्रदान्जली ! ! ! !

  •  0 Reply
  • Jhum prasad dahal

    Aug. 16, 2018, 6:34 p.m.

    भारतका महात्मा गान्धी पछिका दोश्रा नेता हुनुहुन्थ्यो , बैकुण्ठवास होस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया